Dear : चन्द्रमा भन्दा राम्री “ माया (Maya) “
म त लाइ एकदम मन पराउँछु …. तैले पनि क्लासमा लाइ कस्तो हेर्छस् तेसैले
लाग्छ तैले पनि मलाइ माया गर्छस् होला । त रिसाए पनि रिसा , न बोले नी न बोल तर Please यो Love Letter प्रिन्सिपल सरलाई चाही न दे है ! फेरी १ पिरेड भरी कुखुरा भाले बनाउँछ त्यो गैँडा , तालु खुइले सरले ।
सुन न ….. तैले के रिबन फुल स्टाइलमा बाँधेर आउँदा क्या राम्री देखिन्छ , अझै झन् दुई चुल्ठि बाटेर आउँदा त गुडिया जस्तै देखिन्छ …. थाह छ तलाइ?? तेरो पछाडि बस्ने केटी त भन्दा न राम्री छे तेसैले तेरो रिबनमा सधैं मसी लगाइदिन्छे…त्यो केटीको घर मेरो घर तिर नै हो.. तेरो रिबनमा मसी लगाइ दिएको बदलामा मैले तेसको घरको बेल सधैं बजाउँदै भाग्दै गर्छु…… अनि सुन न अलि Fair & Lovely र पाउडर हरु लगाउने गर है फेसमा राम्री अनि गोरी देखिन्छस् के । त्यो साइडमा बस्ने केटी त भन्दा पनि गोरी छे तर मलाइ त नै मन पर्छ किन भने त्यो केटी को फेस देख्ने बितिकै एक पिरियड भरी कुखुरा भाले भएको याद आउँछ… अनि के त्यो झ्याल निरको मोटेले पनि तलाइ मन पराउँछ तर तैले चाही तेसलाइ मन न परा है तेसले त लुकी लुकी चुरोट खान्छ , तेसको बानी ब्यहोरा पनि ठिक छैन , मैले त चुरोट पनि खाँदिन अनि घरमा पनि मलाइ बानी ब्यहोरा पनि एक दम राम्रो छ भन्छ । त स्कुल न आएको दिनमा मलाइ पनि कति पनि पढ्नै मन लाग्दैन त्यै भएर अस्ति त स्कुल न आउँदा म पनि हाफ टाइममा नै स्कुल बाट भागेर घर गको थियो ,बाउले घरमा कस्तरी गोद्यो मलाइ तलाइ के था !
तैले पनि मलाइ मन पराउँ छ भने यही लव लेटरको पछाडि yes मात्र लेखे हुन्छ हैं । ओइ अनि सुन न , यो लव लेटर मलाइ दिदा सबैको
सामु न दे हैं अरुले था पायो भने मलाइ सबैले गिजाउछ अनि मलाइ लाज लाग्छ , बरु त बाहिर पानी खान जान्छु भनेर निस्की अनि धाराको छेउको ढुङ्गा मुनी च्यापेर राख है म झ्याल बाट हेरी रहन्छु अनि स्कुल बिदा भए पछि लिन जान्छु है । तैले पनि मलाई माया गरिस भने म तलाई सधैं हाफ टाइममा चना चटपट ल्याइदिन्छु अनि जाँचमा मेरो पछाडि परिस भने म मैले जानेको सबै सिकाइदिन्छु है । अनि के मैले तेरो लागी सलमान खानको पोस्टकार्ड किनेको छु तेसको पछाडि आइ लव यू माया भनेर लेखेको छु यदी तैले yes भनिस भने अर्को चोटी त्यो पोस्टकार्डपनि पठाउछु है ।
ल ल तैल नी मलाइ लव गर्छस भने छिटो Riply दे है , यदी लव गर्दैनस भने यो Love Letter च्यातेर चाही न फाल है बरु फिर्ता गर यति दुख गरेर लेखेको छु तेरो नाम काटेर अर्के को नाम लेखेर दिन्छु बरु……………………..
उही तिम्रो पागल प्रेमी
लक्ष्मण गुरुङ
” यो प्रेम पत्र लेख्न सहयोग गर्नु हुने रबि गुरुङ लाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु “
______________________________________________________________
______________________________________________________________
हातै न धोइ दाल भात मुछेको कहाँ बिर्स्या छु र !
हातको बाहुलाले सिँगान पुछेंको कहाँ बिर्स्या छु र !!
गरेको थिएन सरले दिएको HomeWork,,
अनि बेन्चमा उभाएर कपाल लुछेको कहाँ बिर्स्या छु र !!!
बाल्यकालको स्कुले जिवन कहाँ बिर्स्या छु र !!!
___________________________________________________ __________
जवाफ केही फर्काएनन् उनले
मैले हाइ ! भन्दा खेरी
मरे तुल्य हुँदो रहेछ जीवन
जसलाई मन पराउँथे, उसैले ' भाइ ' भन्दा खेरी !!
उसैले भाइ भन्दा खेरी !!!
______________________________________________________________
धन्यवाद !


Nepal Time


Monday, May 20, 2013
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!