
Tuesday, February 07, 2012

लक्ष्मण गुरुङ ' LaKshMaN '
No comments
पोखरा, माघ २४ -
जित हात पार्ने तयारीमा प्रशिक्षणलाई विशेष जोड दिइन्छ । सीप र क्षमता
निखार्ने प्रशिक्षणबिना प्रतिस्पर्धामा भिड्नु सजिलो हुन्न । ठीक त्यस्तै भयो, डिफेन्डिङ
च्याम्पियन मेगा थ्री-स्टारलाई यसपल्टको आहा गोल्डकप । नियमित प्रशिक्षक र भरपर्दा
खेलाडीसँगै तयारी नगरी मैदानमा उत्रेको थ्री-स्टारलाई सामसुङ जावलाखेल युथ क्लबले
सजिलै पन्छायो ।
पाँच पटकसम्म उपाधि चुमेको नेपाल पुलिसलाई हराएर नवौं संस्करणमा च्याम्पियन
भएको थ्री-स्टारले 'ललितपुर डर्बी' मा जावलाखेलसँग मूल्य चुकाउँदै बाहिरियो ।
जितसँगै जावलाखेल अन्तिम चारमा प्रवेश गर्यो । उसले फाइनल प्रवेशका लागि
भारतको पुने एफसीसँग बुधबार खेल्नेछ । थ्री-स्टारका प्रशिक्षक मेघराज केसी,
गोलकिपर किरण चेम्जोङ, डिफेन्डर विकाससिंह क्षेत्री र विराज महर्जन एएफसी
च्यालेन्ज कपका लागि राष्ट्रिय टिमको प्रशिक्षणमा व्यस्त छन् ।यस्तोमा जावलाखेलले
थ्री-स्टारलाई ३-१ ले सजिलै हरायो । दसौं संस्करणमा कुनै पनि खेल
जित्नेले तीन गोल गरेको पहिलोपल्ट हो । सुरुआतदेखि नै थ्री-स्टारलाई दबाबमा राखेको
जावलाखेललाई विशाल राई 'बी' ले ७६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
विशाल राई 'ए' ले पेनाल्टी क्षेत्रबाहिरबाट उचाइ दिंदै मिलाएको बललाई
विशाल 'बी' ले पेनाल्टी क्षेत्रबाट हेड गर्दै आकर्षक गोलमा रूपान्तर गरेका थिए ।
त्यसको ८ मिनेटमै थ्री-स्टारका विक्रम लामाले गोल फर्काउँदै खेल १-१ मा पुर्याए ।
अनिल ओझाले कर्नर नजिकैबाट हानेको फ्री किकमा विक्रमले विशाल 'बी' कै
शैलीमा पेनाल्टी क्षेत्रबाट रोमाञ्चक गोल गरेका थिए ।
त्यसपछिको खेल रोमाञ्चक रह्यो । तर गोल निस्किएन । र, खेल अतिरिक्त
समयमा धकेलियो । राष्ट्रिय लिगपछि आहाको तयारी गरेको जावलाखेलले ९९ औं
मिनेटमा फेरि अग्रता लियो । पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट विक्रम लिम्बूले
प्रहार गरेको पि|mकिकमा थ्री-स्टारका गोलकिपर समित राजभण्डारीले नियन्त्रण
गर्न सकेनन् । त्यही बललाई नजिकैबाट सजिलै पोस्टको दिशा दिंदै विशाल राई 'ए'
ले जावलाखेललाई २-१ ले अघि बढाएका थिए ।
उनी 'म्यान अफ द म्याच' घोषित भए । थ्री-स्टारमाथि हावी भएको जावलाखेलका
लागि तेस्रो गोल विक्रमले एक सय आठौं मिनेटमा गरे । विशाल राई 'बी' ले
फ्री किक मार्फत् मिलाएको अवसरलाई विक्रमले पेनाल्टी क्षेत्रनजिकबाट हानेको
बल सुन्दर गोलमा परिणत भएपछि जावलाखेल ३-१ ले अघि बढेको थियो ।
खेलाडीले मिहिनेतसाथ उत्कृष्ट प्रदर्शन गरेकाले जित हात लागेको जावलाखेलका
प्रशिक्षक किशोर केसीले बताए । उनको टिमले यही मैदानमा थ्री-स्टारलाई राष्ट्रिय
लिगमा १-० ले हराएको थियो ।
'परीक्षाको घडीमा सफल भयौं,' केसीले भने, 'एक गोल अन्तरले जित्ने
आस गरेका थियौं । सोचेभन्दा सहज रह्यो । सेमिफाइनलमा अझ राम्रो खेल्नेछौं ।'
जावलाखेल ३-१ थ्री-स्टार (अतिरिक्त समय)
थ्री-स्टार
जावलाखेल
आजको खेल
पुलिस विरुद्ध मनाङ-मर्स्याङ्दी
साभार इकान्तिपुर
फोटो गोलनेपाल
धन्यवाद!

Posted in: खेलकुद,यताउता बाट
Email This
BlogThis!
Share to Facebook
0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!