पोखरा, माघ २३ - भर पर्दो खेलाडीबिना प्रतिस्पर्धामा उत्रनु हरेक टिमका लागि चुनौती पूर्ण हुन्छ । आहा गोल्डकपको दसौँ सँस्करणको दोस्रो क्वाटरफाइनल पनि ठीक यस्तै रह्यो । भर पर्दा तीन खेलाडीबिना मैदानमा उत्रेको 'ए' डिभिजन राष्ट्रिय लिग उप विजेता हिमालयन शेर्पा सामु इज्जत जोगाउनुपर्ने चुनौती थियो । उसलाई पूर्व विजेता अफ्रीकन युनाइटेड क्लबले आइतबार २-१ ले निराश पार्यो ।
हिमालयन विरुद्धको प्रतिस्पर्धामा एक गोलले पछाडि रहेको स्थितिलाई उल्टाउँदै अफ्रिकनले अन्तिम चारमा स्थान सुरक्षित गर्यो । घरेलु फुटबलमा छोटो समयमै पकड जमाएको हिमालयनले अनुभवी खेलाडीको अभाव महसुस गर्यो । उसका अनुभवी कप्तान सागर थापा, मिडफिल्डर जगजित श्रेष्ठ र स्ट्राइकर कुञ्जन गुरुङ एएफसी च्यालेन्ज कपका लागि राष्ट्रिय टिमको प्रशिक्षणमा छन् । रोमाञ्चक प्रतिस्पर्धामा सोमबहादुर मल्लले मध्य मैदानबाट गरेको प्रहार ११ औं मिनेटमा सीधै पोस्टमा छिरेपछि हिमालयनले अग्रता लिएको थियो । करिब ४० यार्ड टाढाबाट हानेको प्रहारलाई अफ्रिकनका रक्षापंक्ति र गोलरक्षक वासिर टोयिनले बचावटको मौका नै पाएनन् । पहिलो गोल भए लगत्तै हिमालयनका खेलाडीले गोल गर्ने भन्दा रोक्ने तर्फ जोड दिए । बललाई रोकेर र बाहिर फालेर समय कटाउने तर्फ उनीहरू लागेका थिए । एक गोलले पछि रहेको अफ्रिकन आक्रमणमा उत्रियो । हिमालयनका खेलाडीको गल्तीमा करिब ३० यार्ड टाढा पाएको फ्रिकिक मौकालाई कप्तान सुलौमान ओलानसीले सदुपयोग गरे । २४ औं मिनेटमा उनले हानेको अग्लो प्रहार सेकेन्ड बारमा ठोक्किएर आकर्षक गोलमा परिणत भयो । सुलौमान नै प्रतिस्पर्धाका 'म्यान अफ द म्याच' घोषित भए । अफ्रिकनका एलास्सने क्यामाराले ६३ औं मिनेटमा अर्को गोल थप्दै टिमको जित सुनिश्चित पारे । ०६२ मा पहिलो पटकको सहभागितामा नै उपाधि जितेको अफ्रिकनले चारभन्दा बढी गोल अवसर गुमायो । ७६ औं मिनेटमा मैदान छिरेका अतिरिक्त खेलाडी नोसोप फ्रिडेले किपरलाई बिट गर्दै पेनाल्टी क्षेत्रबाट हानेको प्रहार गोल
लाइनमा बसेका हिमालयनका सरोज दाहालले क्लियर गरे । ८७ औं मिनेटमा थोमस स्कुटीले किपर विकेश कुथुले हानेको बल रोकेर डिबक्सभित्रबाट प्रहार गर्दा कुथुसँग ठोक्किएर फर्कियो । रूपन्देही-११ विरुद्ध २-१ को जित दर्ता गरेको अफ्रिकनका प्रशिक्षक ओसाले दोस्रो खेलमा सुधार भएकाले जित हात पारेको बताए । 'हिमालयनले राम्रो खेल्यो,' उनले भने । उनले अगाडिका प्रतिस्पर्धा झन् कठिन हुने बताउँदै उपाधिनजिक पुग्न निकै मिहिनेत गर्ने बताए । अफ्रीककन युनाइटेड फाइनल प्रवेशका लागि आगामी २६ गते लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । रूपन्देहीसँगको प्रतिस्पर्धामा पहेलो कार्ड पाएका तीन खेलाडीले आइतबार पनि पाएकाले आगामी प्रतिस्पर्धामा सहभागी हुने छैनन् । उसले भरपर्दा खेलाडी ओवैवा लक्की, च्यारिस अयुसिन र नगायो टिइन्टच्ोयुलाई दोहोरो पहेंलो कार्डका कारण गुमाउनेछ । 'अबको खेलमा तीन राम्रा खेलाडी हुने छैनन्,' उनले भने, 'अतिरिक्त खेलाडी लिएर अझ मिहिनेतसाथ खेल्नेछौं । बाई पाएर सीधै क्वाटरफाइनलमा भिडेको हिमालयनले पनि तीन बढी गोलका अवसर गुमाएको थियो । किपर बिट भएको स्थितिमा कोरियाली खेलाडी जोङले पेनाल्टी क्षेत्रबाट बललाई पोस्टको दिशा दिन सकेनन् । दीपक गुरुङले डिबक्स बाहिरबाट हानेको फ्रि किक प्रहार ७९ औं मिनेटमा पोस्ट नजिकैबाट बाहिरियो । अनुभवी खेलाडी अभावमा गोलका अवसर सदुपयोग गर्न नसकेको हिमालयनका प्रशिक्षक नवल गुरुङले बताए ।'अनुभवी खेलाडी राष्ट्रिय टिममा भएकाले पनि हामीलाई धक्का लाग्यो, ' उनले भने, 'धेरैजसो खेलाडी युवा भएकाले पनि अनुभवको कमी देखियो ।' उनले प्रदर्शन खस्केको फाइदा उठाउँदै अपि|mकन गोल गर्न सफल भएको बताए । पाँच दिनअघि मात्र हिमालयनको प्रशिक्षकको जिम्मेवारी सम्हालेका उनी यसअघि सहारा यूकेको कप्तानको भूमिकामा थिए । उनले टिम सम्हालेको कम समय भएकाले पूर्ण प्रशिक्षण दिन नसकेको बताउँदै खेलाडीले सिकाएको भन्दा कम खेलेको बताए । उनले जित्ने लक्ष्यसाथ मैदानमा उत्रिए पनि अप्रत्याशित हार बेहोर्नुमा विपक्षीको खेलबारेपूर्ण जानकारी नहुनु पनि भएको बताए । यो सहित तीन सँस्करणमा सहभागी हिमालयन ०६३ मा भारतको तरुण संघ, कोलकातासँग टाइब्रेकरमा ५-३ ले र ०६७ को नवौं सँस्करणमा मेगा थ्री-स्टारसँग क्वाटरफाइनलमा २-० ले पराजित भएको थियो ।
पुरा समय अफ्रिकन युनाइटेड क्लब २-१ हिमालयन शेर्पा
African United Club
हिमालयन शेर्पा फुटबल क्लब
आजको खेल जावलाखेल विरुद्ध थ्री-स्टार साभार इकान्तिपुर फोटो गोलनेपाल
धन्यवाद!


Nepal Time


Monday, February 06, 2012
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!