पोखरा, माघ १९ -
सामसुङ्ग जावलाखेलले आरसीटीको चुनौती २-१ गोलले समाप्त गर्दै बिहीबार आहा गोल्डकपको दशौं सँस्करणमा सेमिफाइनलको यात्रा तय गरेको छ । जावलाखेलको जितमा दुवै गोल प्रतिस्पर्धाका म्यान अफ दि म्याच कर्ण लिम्बुले गरे । उनले ३२ औं र १ सय १० औं मिनेटमा आरसीटीका विरुद्ध गोल गरेका थिए ।
खेलको शुरुवात देखि जावलाखेललाई दवावमा राखेको आरसीटीका अमर डंगोलले १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर पाएका आधा दर्जनभन्दा बढी अवसर खेर फाल्दा आरसीटीले पराजयको सामना गर्नुपर्यो ।
प्रतियोगितामा जावलाखेलका थोमस वाङ्गगिराले ६५ औं र १०९ औं मिनेटमा पहेलो कार्ड पाएर मैदानबाट बाहिरिए ।
आजको खेलमा कर्ण लिम्बु मेन अफ दि म्याच भएका थिए। अब सामसुङ्ग जावलाखेल आउँदो सोमबार मेगा थ्री स्टार क्लब सँग क्वाटर फाइनल खेल्ने छन।
भोलि अर्थात् शुक्रवारको खेल
मनाङ्गमस्र्याङ्गदी क्लब विरुद्ध एन्फा यू १७ बीच हुनेछ।
साभार ईकान्तिपुर
फोटो गोलनेपाल
धन्यवाद!


Nepal Time


Thursday, February 02, 2012
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!