सर्व प्रथम तपाइ लाइ दिन चाहन्छु,
२-३ दिन भो दशैँको शुभकामना आदान प्रदान गर्न थालेको। साथीहरूले पठाएको कामनाको त ओहीरो नै लागेको छ। फोनबाट, sms बाट, मेलबाट झन् फेसबुक को त कुरा नै गरौँ। सबै साथीहरूको माया देखिन्छ र म पनि गर्छु उत्तीकै माया मेरो साथी,मित्र तथा परिवारलाई।
तर अचम्म लाग्छ मलाइ साथीहरूले शुभ-कामना दिँदा
मेरो सम्पूर्ण साथीहरू,इष्टमित्रहरू, परिवार तथा मेरो यस सानो संसारको प्यारो पाठकहरूलाई म लक्ष्मण गुरुङको तर्फ बाट
" बडा दशैँ २०६८ को उपलक्ष्यमा तपाइलाई दीर्घायु,सु-स्वास्थ्य अनि उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु साथै श्री नवदुर्गा भवनिले तपाइ र तपाइको सम्पूर्ण परिवारले आटेताकेको काम पुरा होस, तपाइले चालेका पाईलाहरु सधैं सफलताको शिखर चुम्न सकोस्,घरमा सधैं सुख होस,लक्ष्मीको सधैं बास होस,
तपाइको सुखमय जीवनको कामना गर्दै,
तपाइ अनि तपाइको सम्पूर्ण परिवारलाई म लक्ष्मण गुरुङको तर्फ बाट पुन एकचोटि विजया दशमीको मात्र हैन घटस्थापना देखि फुलपाती,अष्टमी,नवमी,विजया दशमी ....हुदै कोजाग्रत पूर्णिमा सम्म सबैको अर्थात् बडा दशैँ २०६८ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।"यस वर्षको दशैँ रमाइलो अनि सुख सँग सबै परिवार एकै ठाउँमा बसेर राम्रो सँग मनाउन पाओस्।
मेरो सानो परिवारको तर्फ बाट
धन्यवाद!


Nepal Time


Friday, September 30, 2011
लक्ष्मण गुरुङ ' LaKshMaN '

Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!