may 28 2011 अर्थात गए राती १२:३०मा UEFA Champions League
मेरो बार्सेलोना vs Manchester United को फाइनल गेम Wembley Stadium
मा भएको थियो। निकै रामाइलो भइरहेकको बेला २७ औ मिनेटमा पहिलो गोल गर्दै पेड्रोले बार्सेलोना लाई १ गोल को अग्रता दिलाए। ( पेड्रोले रियल मेड्रीड
विरुद्ध सेमीफाइनलमा पनि खेलको ५४ औ मिनेटमा पहिलो गोल गरेका थिए।)
फेरी खेलको ३४ औ मिनेटमा Manchester United का खेलाडी Wayne Rooneyले Man U को तर्फ बाट गोल गरी खेल बाराबरीमा पुगेको थियो र यहि १-१ गोल मा नैं Half Time भएको थीयो।
दोस्रो हाफको ९ औ मिनेट अर्थात खेलको ५४ औ मिनेटमा
बार्सेलोना का मेस्सीले दोस्रो गोल गरे (मेस्सीले सेमीफाइनल 1’st मा रियल
मेड्रीड विरुद्ध ७६ मिनेट र ८७ मिनेटमा २ गोल गरेका थिए) अनि खेलको ६९ औ मिनेटमा बार्सेलोनाका
David Villa ले पुन तेस्रो गोल गरे। खेलको ९० मिनेट सके पछि पुन थपेको ३ मिनेटमा Manchester United बाट थप गोल हुन नसके पछि 2011 UEFA Champions League को उपाधि बार्सेलोनाले आफ्नो कब्जामा पार्न सफल भए।
1992,2006,2009 र 2011 गरी बार्सेलोना को यो चौथो जित हो भने Manchester United ले 1968, 1999, र 2008 गरी ३ चोटी UEFA Champions League को उपाधि जिती सकेका छन्।
केही फोटो हरू
२७ औ मिनेटमा पहिलो गोल गरे पछि पेड्रो
खेलको दोस्रो गोल गरेपछि Manchester United का Wayne Rooney
खेलको तेस्रो गोल गरेपछि मेस्सी
खेलको अन्तिम गोल गरे पछि David Villa


Nepal Time


Sunday, May 29, 2011
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!